दोस्रो विश्वयुद्ध पछि कै सबैभन्दा खराव अर्थतन्त्र : विश्व बैंक

डिसी नेपाल
२७ जेठ २०७७ १३:१९

काठमाडौं। विश्व बैंकले कोभिड–१९ का कारण विश्वको अर्थतन्त्र दोस्रो विश्वयुद्धपछिको सबैभन्दा खराब अवस्थामा पुगेको दावी गरेको छ।  बैंकका अनुसार विश्वको अर्थतन्त्र सन् २०२० मा ५.२ प्रतिशतले नकारात्मक बृद्धि हुने बताएको छ। त्यस्तै, विकसित देशको अर्थतन्त्र सन् २०२० मा ७ प्रतिशतले नकारात्मक बृद्धि हुने बैंकले जनाएको छ।

आन्तरिक वस्तुको माग र आपुर्तीमा कमी आउदा यसले मसग्र व्यापार तथा वित्तीय क्षेत्रमा नकारात्मक असर परेकाले विकसित बजार तथा विकासोन्मुख अर्थतन्त्र २.५ प्रतिशतले नकारात्मक रुपमा घट्ने अनुमान गरिएको विश्व बैंकले जनाएको छ।

त्यस्तै विश्व बैंकले नेपालको आर्थिक बृद्धिदर १.८ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरेको छ। बैंकले मंगलबार रिपोर्ट सार्वजनिक गर्दै नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा १.८ प्रतिशतमा सीमित हुने र सन् २०२१ मा २.१ प्रतिशत मात्रै वृद्धिदर हुने प्रक्षेपण गरेको हो।

तर नेपाल सरकारले भने चालु आर्थिक बर्षमा आर्थिक बृद्धिदर २.३ र आगामी बर्षको आर्थिक बृद्धिदर ७ प्रतिशत हुने प्रक्षेपण गरेको छ।   महामारीले रिकभरीको बाटोमा रहेको नेपालको पर्यटन क्षेत्रमा समेत ठूलो असर परेकोले आर्थिक बृद्धिमा गम्भीर असर पर्ने दावी गरेको छ।

विश्व बैंकका अनुसार नेपाल, भुटान, श्रीलंका, माल्दिभ्स जस्ता देशमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा अर्थतन्त्रमा योगदान भएको भए पनि महामारीले त्यसमा समेत ठूलो असर गरेको छ।

नेपालमा एक तिहाइ पर्यटक चीन र भारतबाट मात्रै आउने गरेको र महामारीका कारण सरकारले गरेको अन्तर्राष्ट्रिय सीमा तथा उडानमा लगाएको रोकका कारण यसले आगामी दिनमा ठूलो असर पर्ने र त्यसले पर्यटनसँग प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सञ्चालित बजार, आपूर्ति, आन्तरिक उत्पादन तथा निर्माणमा समेत असर पर्ने पनि विश्व बैंकको रिपोर्टले जनाएको छ।

त्यसैगरी दक्षिण एसियामा सबैभन्दा बढी भारतको अर्थतन्त्रको वृद्धिदर सन् २०२० मा ४.२ मा सीमित हुने र सन् २०२१ मा वृद्धिदर ३.२ प्रतिशत नकारात्मक हुने प्रक्षेपण गरिएको छ। त्ययस्तैगरी पाकिस्तानमा सन् २०२० मा २.६ प्रतिशत वृद्धिदर नकारात्मक हुने र सन् २०२१ मा ०.२ प्रतिशत अर्थतन्त्र नकारात्मक हुने उल्लेख गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *