गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १४५ पुग्यो
काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या १४५ पुगेको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व), को देबचुली नगरपालिका स्थायी ठेगाना भई सोहि पालिकाको क्वारेन्टाइनमा रहेका ४० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या १४५ पुगेको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।
निर्देशनालयका अनुसार, संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आईसोलेसन कक्षमा लैजाने तयारी भैरहेको छ ।
साथै पोखराबाट काठमाडौँमा थप उपचारका लागि प्रेषण गरिएका व्यक्तिको सम्पर्कमा आएका सबैजना ३९ जनाको नमुना परिक्षणको रिपोर्ट नेगेटिभ (कोरोनको संक्रमण नभएको) पुष्टि भएको छ ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment