आज झन् बढ्यो सुनको भाउ, तोलाको कति ?

डिसी नेपाल
२८ जेठ २०७७ ११:२७

काठमाडौँ । आइतबारबाट कोरोनाबार सुरु भएको सुनको भाउ दिनप्रतिदिन बढ्दै गएको छ । आइतबार साढे १० हजार बढेको सुन आज बुधबारपनि तोलाको ९ सय रुपैयाँ बढेको छ ।

आज बुधबार, छापावाल सुन प्रतितोला ८८ हजार ६०० तथा तेजावी सुन प्रतितोला ८८ हजार १६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार, छापावाल सुन ८७ हजार ७०० तथा तेजावी सुन प्रतितोला ८८ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ ९३५ रुपैयाँमा कारोबार भइरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *