बैंकमा उच्च तरलता, ५७ अर्ब निक्षेप बढ्दा २२ अर्वले कर्जा घट्यो

डिसी नेपाल
२८ जेठ २०७७ १७:००

काठमाडौं । कोरोना संक्रमण रोक्न गरिएको लकडाउनका कारण आर्थिक गतिविधि प्रभावित भएपछि बैंक तथा वित्तीय संस्थाको ऋण घटेको छ ।

लकडाउन अघिसम्म ऋण प्रवाह गर्न लगानी योग्य रकम (तरलता) अभावको समस्या भोगीरहेका बैंकहरुबाट लकडाउनपछि कर्जा लगानी नभएकाले तरलता बढेको हो ।

लकडाउन घोषणा भएलगत्तै बैंकहरुबाट पैसा झिक्नेको चाप बढेपछि लकडाउनको समय लम्बिएपछि पुनः बैंकहरुमा निक्षेप बढ्न थालेको हो ।

नेपाल राष्ट्र बैंकका अनुसार लकडाउन सुरु भएपछि बैंक तथा वित्तीय संस्थाको निक्षेप ५७ अर्ब रूपैयाँले बढेर ३२ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ । निक्षेप बृद्धि भएपनि बैंकहरुको कर्जा लगानी भने घटेको छ । यस अवधिमा बैंकहरुको कुल कर्जा २२ अर्ब रुपैयाँले घटेर २८ खर्ब २४ अर्ब रूपैयाँमा सीमित भएको छ ।

कोरोनाका कारण वैदेशिक रोजगारीमा रहेका नेपालीहरुको आम्दानी प्रभावित भएको र पर्यटकिय गतिविधि ठप्प भएपछि हुदा बैंकहरुको वैदेशिक मुद्रामा रहेको निक्षेप भने घटेको छ । लकडाउन अघि एक खर्ब ३७ अर्ब रुपैयाँ रहेको विदेशी मुद्राको निक्षेप अहिले एक खर्ब २७ अर्ब मात्रै रहेको राष्ट्र बैंकले जनाएको छ ।

कर्जाको माग नहुँदा बैंकिङ क्षेत्र अधिक तरलता भएको छ । अहिले समग्र बैंकिङ क्षेत्रको सीसीडी रेसियो ९कर्जा निक्षेप अनुपात० ७४ प्रतिशतमामा झरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *