संशोधन फिर्ता नलिए सरिता गिरीलाई कारवाही गर्ने समाजवादीको चेतावनी

डिसी नेपाल
२८ जेठ २०७७ १८:३६
48
Shares

काठमाडौं । समाजवादी पार्टीले सरिता गरीले संसदमा दर्ता गराएको संशोधन फिर्ता नलिए कारवाही गर्ने चेतावनी दिएको छ। समाजवादी पार्टीले विज्ञप्ति जारी गर्दै पार्टीको निर्देशन पालना नगरे कारवाही गर्ने जनाएको हो।

समाजवादी पार्टी संसदीय दलको कार्यलयद्वारा जारी निर्देशनमा भनिएको छ, ‘संघीय संसदमा दर्ता भएको नेपालको संविधानको दोश्रो संसोधनमा तपाईले संसदीय दलको निर्देशन विना मिति २०७७ जेठ २८ गते संशोधन हालेको हुँदा उक्त संशोधन तुरुन्त फिर्ता लिनुहुन निर्देशन गरिन्छ। साथै निर्देशन पालना नगरेमा तपाईलाई पार्टीले कारवाही गर्न वाध्य हुने व्यहोरा जानकारी गराईन्छ।

नेपालको नयाँ नक्सा निशान छापमा राख्न सरकारले संसदमा दर्ता गराएको दोस्रो संविधान संसोधन विधेयकमा समाजवादी पार्टीकी सांसद सरिता गिरीले संशोधन दर्ता गराएकी थिइन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *