लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न गृहको आग्रह, अटेर गरे कारवाही गरिने (विज्ञप्तिसहित)
काठमाडौं । गृहमन्त्रालयले लकडाउनको उल्लंघन गरी प्रदर्शन नगर्न आग्रह गरेको छ । गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले विहीबार विज्ञप्ति जारी गर्दै अटेर गरे कारवाही हुने जनाएका छन्।
शर्माद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘केही दिनदेखि विभिन्न वाहाना र माग राखेर सामाजिक सञ्जालमार्फत सर्वसाधारणलाई जम्मा पारी जुलुस प्रदर्शन, शान्तिपूर्ण धर्नाका नाममा धेरै व्यक्तिहरुलाई सहभागि गराउने, ज्ञापनपत्र दिने जाने आदी जस्ता कामका नाममा अनावश्यक भिडभाड गरी अप्रत्यक्ष रुपमा बन्दाबन्दीको अवहेलना हुने गरेकोले मन्त्रालयको ध्यानाकर्षण भएको छ।’
‘नेपाल सरकारले जारी गरेको आदेशको अवहेलना गर्ने वा काममा बाधा पुर्याउने जो कोहीलाई पनि प्रमुख जिल्ला अधिकारीले ऐनले दिएको अधिकार प्रयोग गरी कारवाही गर्न बाध्य हुनुपर्ने व्यहोरा समेत सम्बन्धीत सबैलाई जानकारी गराईन्छ’ विज्ञप्तिमा उल्लखे गरिएको छ।

No ads found for this position


डिसी नेपाल
Facebook Comment