बैंक सेवा विहान ८ बजेबाटै, दुई सिफ्टमा बेलुकी ६ बजेसम्म कारोबार

डिसी नेपाल
२९ जेठ २०७७ १८:४२

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरु विहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म संचालन हुने भएका छन् । सरकारले लकडाउनलाई खुकुलो बनाउदै दुई सिफ्टमा सेवा दिन निर्देशन दिएको हो ।

सरकारको निर्णय अनुसार पहिलो सिफ्ट बिहान ८ बजेदेखि १ बजे र दोस्रो सिफ्ट दिउँसो १ बजेदेखि साँझ ६ बजेसम्म हुनेछ ।

बैंक तथा वित्तीय संस्थाहरुमा भिडभाड कम गर्नका लागि दुई सिफ्टमा सेवा दिने निर्णय गरिएको अर्थ तथा सूचना तथा संचारमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । आर्थिक वर्ष सकिन लागेको भएकाले पनि बैंकिङ कारोबारको समय बढाएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले एक तिहाई मात्र कर्मचारी परिचालन गर्दै आंशिक समय मात्र सेवा संचालन गर्दै आएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *