काँग्रेस १४ औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने

डिसी नेपाल
२९ जेठ २०७७ १९:२१

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कोरोना भाइरस परीक्षणका लागि पिसिआर विधिको दायरा बढाउन नसकेको भनी सरकारको आलोचना गरेका छन्। जिपी कोइराला लोकतन्त्र सम्बद्र्धन केन्द्रले जुम प्रविधिबाट आज आयोजना गरेको ‘महामारी र काँग्रेस महाधिवेशन’ विषयको साक्षात्कार कार्यक्रममा उनले कोरोना नियन्त्रणमा सरकार असफल भएको आरोप लगाए ।

पार्टी महामन्त्री डा शशाङ्क कोइरालाले कोरोनाको महामारीका बीच सहज वातावरण बनाउँदै पार्टीको १४औँ महाधिवेशनका प्रक्रिया अघि बढाइने जानकारी दिए । पार्टी नेता कृष्णप्रसाद सिटौलाले महामारीबाट बच्दै आगामी फागुन ७ गते नै पार्टीको १४ औँ महाधिवेशन गर्ने गरी तयारी गर्नुपर्नेमा जोड दिए । नेता अर्जुननरसिंह केसीले कोरोना नियन्त्रणमा सरकारले प्रमुख प्रतिपक्षी दललाई सँगै लिएर हिँड्न नसक्दा असफल भएको आरोप लगाए।

पार्टी केन्द्रीय सदस्य एवं सांसद गगनकुमार थापाले कोरोनाविरुद्धका गतिविधि व्यापक बनाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई दवाव दिनुपर्नेमा जोड दिए । कार्यक्रममा काँग्रेस चितवन सभापति जीतनारायण श्रेष्ठ, सिन्धुली सभापति उज्ज्वल बराल, सिन्धुपाल्चोक सभापति विकास लामा, गाउँपालिका महासङ्घका महासचिव वंशलाल तामाङ, नेपाल विद्यार्थी सङ्घका महामन्त्रीद्वय युवराज पाण्डे, बलदेव तिमल्सिना, नेपाल दलित सङ्घका केन्द्रीय सदस्य मञ्जीत ताम्राकारलगायतले पार्टी महाधिवेशनका काम अघि बढाइनुपर्ने तथा पार्टीले सामाजिक न्यायका लागि आवाज उठाउनुपर्नेमा जोड दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *