नेपाल भारत सीमा सम्बन्धमा सरकारद्वारा विज्ञ समूह गठन

डिसी नेपाल
२९ जेठ २०७७ २१:३३

काठमाडौं । सरकारले नेपाल–भारत सीमा सम्बन्धको प्रमाण संकलन गर्न विज्ञहरुको समूह गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सञ्चारमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

विहीबार मन्त्रिपरिषद्को निर्णय सुनाउन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले अनुसन्धान प्रतिष्ठानका अध्यक्ष विष्णुराज उप्रेतीको संयोजकत्वमा नौ सदस्यीय विज्ञ समूह गठन गरेको जानकारी दिए।

मन्त्री डा. खतिवडाका अनुसार उक्त समूहमा अन्तर्राष्ट्रिय कानुनविद् सूर्यप्रसाद सुवेदी, इतिहासविद् रमेश ढुङ्गेल, कानुनविद् विपिन अधिकारी, जलविज्ञ जगत भुसाल र नापी विभागका पूर्व महानिर्देशक तोयानाथ बराल रहेका छन्।

यस्तै, अवकाशप्राप्त मेजर जनरल हिमालय थापा, महिला प्रतिनिधिका रूपमा वन उपभोक्ता महासंघको पुर्व अध्यक्ष अप्सरा चापागाईं र परराष्ट्र मन्त्रालयका सहसचिव रामप्रसाद सुवेदी रहेको डा. खतिवडाले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *