राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनीको निधन

डिसी नेपाल
३० जेठ २०७७ ९:४४
64
Shares

काठमाडौं। राजा त्रिभुवनकी छोरी पूर्व अधिराजकुमारी नलिनी राज्यलक्ष्मीदेवी सिंहको बिहीबार निधन भएको छ। तत्कालिन राजकुमारी नलिनीको ९५ वर्षको उमेरमा नयाँ दिल्लीस्थित आफ्नै निवासमा निधन भएको हो।

उनको पारिवारिक स्रोतका अनुसार उनमा लामो समयदेखि मुटुसम्बन्धी स्वास्थ्य समस्या थियो। उनी भारतको कश्मिरस्थित पुँछ राज्यकी राजमाता हुन् । त्यहाँका तत्कालीन राजासँग नलिनीको विवाह भएको थियो । राजा त्रिभुवन र रानी इश्वरी राज्यलक्ष्मी शाहकी छोरी नलिनीको सेप्टेम्बर २४, १९२४ मा जन्म भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *