संविधान संशोधनको स्वागतमा ठाउँठाउँमा दिपावली
काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन विधेयक संघीय संसदमा सर्वसम्मतिबाट पारित भएपछि देशभर स्वःस्फुर्त रुपमा दिपावली गरिएको छ । विभिन्न ठाउँमा नेपालको नयाँ नक्सासहित दिपावली गरिएको हो।
कालापानी लिपुलेक र लिम्पियाधुरा समेटिएको नेपालको नक्शा नेपालको संविधानमा संशोधन भई पारित भएको खुशियालीमा आज देशभर दीप प्रज्वलन गरिएको हाे ।

भारतद्वारा अतिक्रमित नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नयाँ नक्सा संविधानको अनुसूचि ३ मा रहेको निसाना छापमा समेटेको छ । निसाना छापमा समेटेको नयाँ नक्सा संविधानमै राख्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेय शनिबार बसेको प्रतिनिधि सभाको शतप्रतिशत मतले पारित गरेको छ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा), प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायत सम्पूर्ण साना दलहरुका संसदमा उपस्थित २५८ जना सांसदले मतदान गरेका थिए। संसदको जम्मा २७५ सांसदसंख्या मध्ये २५८ जना शनिबारको प्रतिनिधिसभाको वैठकमा उपस्थित थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment