संविधान संशोधन खेलाडीहरु द्धारा खुलेर स्वागत
काठमाडौं । सरकारले ल्याएको संविधान संशोधन विधेयक संघीय संसदमा सर्वसम्मतिबाट पारित भएपछि खेलाडीहरुले सरकारको निर्णयको सर्मथन तथा स्वःस्फुर्त रुपमा स्वागत गरेका छन । भारतद्वारा अतिक्रमित नेपालको लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जारी गरेको नयाँ नक्सा संविधानको अनुसूचि ३ मा रहेको निसाना छापमा समेटेको छ । निसाना छापमा समेटेको नयाँ नक्सा संविधानमै राख्नका लागि सरकारले ल्याएको संविधान संशोधन विधेय शनिबार बसेको प्रतिनिधि सभाको शतप्रतिशत मतले पारित गरेको छ।
सरकारको निर्णयको सर्मथन गर्दे नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान पारस खडकाले समाजिक संजालमा ‘प्रतिनिधिसभाबाट सर्वसम्मत रूपमा पारित भई जारी भएको नेपालको नयाँ नक्सा लाई हार्दिक स्वागत !! जय नेपाल ! लेखेर प्रतिक्रिया जनाएका छन ।
https://www.facebook.com/official.ParasKhadka/posts/3109032919134869
त्यस्तै ओलम्पियन दिपक बिष्टले “लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्सालाई प्रतिनिधिसभाले अनुमोदन गर्नुहुने सबै मानानिय सांसदहरुलाई धन्यवाद ।’ अनि हामी सम्पूर्ण नेपाली हरुलाई हार्दिक बधाई !! ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेर समाजिक संजालमा लेखेका छन ।
https://www.facebook.com/deepak.bistanepali/posts/10158641201784884
https://www.facebook.com/gyanendra.malla.92/posts/3438336812862866
अर्का खेलाडी क्रिकेटर बिनोद भण्डारीले समाजिक संजालमा ‘लिम्पियाधुरा, कालापानी, र लिपुलेक क्षेत्र समेटिएको नेपालको नयाँ नक्साले आधिकारीकता पाएको छ, सम्पूर्ण नेपाली हरुलाई हार्दिक बधाई । जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी लेखेका छन ।
https://www.facebook.com/binod.bhandari.5264382/posts/884327715380724
नेपाली क्रिकेट टिमका तिव्र गतिका बलर अविनाश बोहराले आफ्नो फेसबुकमा संघीय संसदद्वारा सर्वसम्मतरुपमा पारित नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्साको ह््दय देखि स्वागत छ ।’ भनेर लेखेका छन ।
https://www.facebook.com/officialavinashbohara/posts/2562364803981722
साथै अन्य खेलाडीहरुले पनि सरकारको निर्णय प्रति खुलेर प्रशंसा गरेका छन ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment