बेन स्टोक्स वेस्टईन्डिज बिरुद्ध कप्तानीको लागि तयार

डिसी नेपाल
३२ जेठ २०७७ १२:३९

काठमाडौं । बेन स्टोक्सले जुलाई ८ देखी सुरुहुने वेस्टईन्डिज विरुद्धको टेस्ट सिरीजको लागि कप्तानी गर्न आफु तयार रहेको बताएका छन । स्टोक्स आफ्ना नियमित कप्तान जो रुटको अनुपस्थितीमा ईङल्यानडका लागि कप्तानी गर्न तयार छन । रूट पहिलो टेस्ट खेल्ने अनिश्चित रहेको छ किनकि दोस्रो छोराको जन्म पछि उनी सात दिनसम्म क्वारेन्टाईनमा बस्नुपर्नेछ।

स्टोक्सले डेली मिरर को आफ्नो स्तम्भमा लेखेका छन, “हाम्रो कप्तान जो रुट पहिलो टेस्ट खेल्न सक्षम हुने छैन किनकि उनको घरमा दोस्रो कान्छो पाहुना आउँदैछन्। यस्तो अवस्थामा मैले उपकप्तानको नाताले रूपमा जिम्मेवारी लिनुपर्ने हुन्छ ।”

कोरोनाभाइरस महामारीको कारण बन्द क्रिकेट, यो श्रृंखला को माध्यम बाट फेरि शुरू हुदैछ। स्टोक्सले भने, “हामी हाम्रो पक्षमा फिट रहन कडा मेहनत गरिरहेका थियौं तर लकडाउनमा त्यो सजिलो थिएन। बितेका १३ हप्ताहरु कहिले खुशी कहिले दुखका बिचमा बितेका थिए।”

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *