सवारी दुर्घटनामा परी गाउँपालिका अध्यक्षको मृत्यु
काठमाडौँ । सवारी दुर्घटनामा परी नवलपरासी (सुस्ता पश्चिम) को प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ।
उक्त दुर्घटनामा परी शर्माका चालक घाइते भएका छन्।
गाउँपालिकाको लु १ झ ३७० नम्बरको गाडी बर्दघाट–त्रिवेणी सडकखण्डको लक्ष्मीपुरमा अनियन्त्रित भएर पल्टँदा गम्भीर घाइते भएका शर्माको उपचारका लागि चिसापानी अस्पताल जैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ल प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।
अहिले मृतक शर्माको शव पोस्टमार्टका लागि पृथ्वीचन्द्र अस्पताल परासीमा राखिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment