जानकारी उपलब्ध नगराएको आरोपमा क्रिकेट खेलाडीहरुलाई नोटिस

डिसी नेपाल
३२ जेठ २०७७ १४:१३

काठमाडौं । ईन्डियन नेशनल एन्टी डोपिङ एजेन्सी (नाडा) ले पहिलो पटक राष्ट्रिय रेजिष्टर्ड टेस्टिङ पूल (एनआरटीपी) मा सम्मिलित पाँच भारतीय क्रिकेटर हरुलाई नोटिस पठाएको छ। नोटिस पाउने खेलाडीहरुमा चेतेश्वर पुजारा, रवीन्द्र जडेजा, केएल राहुल लगायत दुई महिला क्रिकेटर स्मृति मंधाना र दीप्ति शर्मा पनि रहेका छन्।

यी खेलाडीहरुले डोपिङ एजेन्सीलाई उनीहरू कहाँ बस्छन् भनेर गत तीन महिना देखी सूचित गरेका थिएनन्। तर बीसीसीआईले आफ्नो स्पष्टीकरणमा खेलाडीहरूले पासवर्ड त्रुटिका कारण जानकारी पठाउन नसकेको बताएको छ ।

नाडाका महानिर्देशक नवीन अग्रवालले बीसीसीआईले एनआरटीपीमा समावेश भएका ५ जना क्रिकेटरलाई जानकारी नदिएको कारण इ–मेल पठाएर आफ्नो भनाईलाई स्पष्ट पारेको बताए ।

डीजी अग्रवालले भने, “एन्टी डोपिङ प्रशासन र व्यवस्थापन प्रणाली (एडीएएमएस) सफ्टवेयरमा फारम भर्ने केवल दुई तरिकाहरू छन्। खेलाडी आफैंले वा बोर्डले उनीहरूको तर्फबाट यो फारम अनलाइन भर्न सक्दछन। यदी खेलाडीहरू त्यत्ति जानकार छैनन् वा क्लाउसको बारेमा सम्बन्धित सबै जानकारी अपलोड गर्न इन्टरनेट सुविधा छैन, भने यस्तो अवस्थामा उनीहरूले सम्बन्धित बोर्डको सहयोग लिनु पर्छ ।”

उनले भने, “धेरैजसो क्रिकेटरहरु शिक्षित छन् र उनीहरु प्रविधिको बारेमा जानकार छन। तरपनि उनीहरुले जानकारी नदिनुको एक कारण उनीहरूको व्यस्तता हुन सक्छ। यस्तो अवस्थामा बोर्डले उनीहरुको फार्म भर्नुपर्ने थियो ।”

किन बोर्डले यी खेलाडीहरूको बारेमा जानकारी अपलोड गरेन ? यस बारेमा नाडाका डीजीले भने, “बीसीसीआईले यसको स्पष्टीकरण पठाएको छ, जुन अहिले हाम्रो लागि ठिक छ। तर याहा कुनै कुराहरुको उल्लङघन भएको छ कि छैन भनेर यस बारेमा चाँडै निर्णय लिईने छ ।”

 

 

 

 

 

 

 

 

 

 

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *