स्वास्थ्यचौकीलाई जग्गा दान
सप्तरी । सप्तरीको एक विकट गाउँमा नयाँ स्वास्थचौकी भवन बनाउन बोदेबर्साइन नगरपालिका–९ देउरीकी गगीयादेवी साहले सात कठ्ठा जग्गा दान दिएकी छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी सुविधासम्पन्न स्वास्थ्यचौकी बनाउने लक्ष्यअनुरुप नयाँ बन्न थालेको भवनका लागि उनले निःशुल्क दान गरेकी हुन्।
देउरी स्वास्थ्यचौकीको नाममा जग्गा उपलब्ध भएपश्चात सुविधासम्पन्न भवन निर्माण गर्न आज शिलान्याससमेत भएको छ । बोदेबर्साइन नगरपालिकाका नगरप्रमुख आतेशकुमारसिंह यादव, वडा नं ९ का वडाध्यक्ष तपसी यादव र जग्गादाता साहले संयुक्तरूपमा भवनको शिलान्यास गरे।
शिलान्यास गर्दै जग्गादाता साहले स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रमा आम नागरिकको सहज पहुँच होस् भन्ने हेतुले आफूले स्वास्थ्यचौकीलाई निःशुल्क जग्गा प्रदान गरेको बताइन्। चारकोठे स्वास्थ्यचौकी भवन भूकम्प प्रतिरोधात्मक तथा ज्येष्ठ नागरिक र अपाङ्गतामैत्री बन्ने बोदेबर्साइन नगरपालिकाका इञ्जीनियर अरबिन्द्रकुमार यादवले बताए । उक्त अवसरमा नगरपालिकाले जग्गादाता साहलाई सम्मानसमेत गरेको छ ।
No ads found for this position



डिसी नेपाल
Facebook Comment