शर्माको निधन प्रति सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका महासमिति सदस्य एवं प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको निधनप्रति दुःख व्यक्त गरेका छन् । अध्यक्ष शर्माको आइतबार बिहान कोरोना व्यवस्थापनसम्बन्धी बैठकमा सहभागी हुन जाने क्रममा वर्दघाटमा सवारी दुर्घटनामा परी निधन भएको हो ।
सभापति देउवाले शोक विज्ञप्तिमार्फत उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् । स्व शर्माले नेपालको लोकतान्त्रिक आन्दोलन तथा पार्टी सङ्गठनमा सक्रिय भूमिका निर्वाह गरेका थिए। उनको निधनबाट पार्टीले एक होनाहार नेतृत्वलाई गुमाएको छ र पार्टीलाई अपूरणीय क्षति पुगेको सभापति देउवाले उल्लेख गरेका छन् ।
स्व शर्मा काँग्रेस जिल्ला कार्यसमिति नवलपरासीको पूर्व आमन्त्रित सदस्य र साबिक सूर्यपुरा गाविसको पूर्वउपाध्यक्षसमेत थिए पार्टीको विभिन्न पदमा संलग्न रहँदै आएका शर्मा नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय रुपमा सहभागी हुँदै आएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment