उद्धारका लागि सरकारले तय गरेको हवाइ भाडादर घटाउन माग

डिसी नेपाल
३२ जेठ २०७७ २२:१२

काठमाडौं । गैरआवासीय नेपाली संघ साउदी अरब लगायतका संस्थाहरुले सरकारले तय गरेको भाडादर घटानउ माग गरेका छन्। भर्चुअल पत्रकार सम्मेलन गर्दै उनीहरुले साउदी अरवमा रहेका नेपालीको यथाशिघ्र उद्धार गरी अभिभावकीय भूमिका निर्वाह गर्न समेत माग गरेका छन्।

पत्रकार सम्मेलनपछि गैर आवासीय नेपाली संघ साउदी अर, मोरङ्ग सुनसरी र नेपाली हातेमाो समाजले विज्ञप्ति जारी गर्दै सरकारले नजिकका ट्राभल एजेन्सीहरुलाई जिम्मा दिएर महंगो भाडादर कामय गरेको भनि असन्तुष्टि व्यक्त गरेका छन ।
‘कठिन घडिमा आफ्ना नागरिकहरुलाई सहजता दिनुको सट्टा नेपाल सरकारले महंगो जहाज भाडा कायम गरी विदेशमा रहेका पिडित नेपाली नागरिकहरुलाई कष्टकर जीवन विताउन बाध्य पार्न खोजेको विज्ञप्तिमा उल्लेख गरिएको छ।’

सरकारद्वारा विदेशमा रहेका नेपाली नागरिकहरुको उद्धारमा गरिने कुनै पनि बाहनाबाजी स्विकार्य नरहेको उनीहरुले जारी गरेको विज्ञप्तिमा जनाइएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘देशको अर्थतन्त्रमा एक तिहाई योगदान पुर्‍याउने बैदेशिक रोजगारमा रहेका धेरै श्रमिकहरु कोरोनाको महामारीको कारणले अफ्ठेरोमा परेका छन। बैदेशिक रोजगारीका श्रम स्विकृति लिने वखत श्रमिकबाट उठाईएको कल्याणकारी कोषमा करिब ६ अर्ब भन्दा बढी रुपिया‘ं थन्किएर बसेको छ। यो विषम परिस्थतिमा त्यो कोषको उपयोग नगरे कहिले गर्नेर?’

साथै साउदी अरबमा अबैधानिक रुपमा रहेका १५ हजार भन्दा माथि नेपालीहरुको स्वदेश फिर्तीका लागि नेपाल सरकार र साउदीमा रहेका नियोगहरुले कुटनितिक पहल गर्नु पर्ने माग गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिषद गल्फ उप(संयोजक राजेन्द्र अर्यालले राखेका थिए।
उक्त भर्चुअल पत्रकार सम्मेलनमा गैर आवासीय नेपाली संघ अन्तर्राष्टिय समन्वय परिषद गल्फ उप संयोजक राजेन्द्र अयार्ल (जोन), गैर आवसीय नेपाली संघ साउदी अरवका अध्यक्ष तेज बहादुर थापा, मोरङ्ग सुनसरीका अध्यक्ष हेम सुवेदी र नेपाली हातेमालो समाजका अध्यक्ष टेक कटुवालले पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *