सुशान्तको परिवारमा अर्को ठूलो धक्का, पीडा सहन नसकी भाउजुले पनि प्राण त्यागिन्

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको आकस्मिक मृत्युले परिवार, फ्यानदेखि पूरै बलिउड शोकमा छ । सुशान्तले आकस्मिक रुपमा आत्महत्या गरेपछि यसको पीडाले उनकी भाउजुको पनि ज्यान गएको छ । देवर सुशान्तको मृत्युको खबरले सोमबार बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवीको पनि निधन भएको भारतीय संचारमाध्यमले लेखेका छन् । सुशान्तको पुर्ख्यौली गाउँ बिहारको पूर्णिया जिल्लाको मलडीहा हो ।

सुशान्तको मृत्युको खबर उनको गाउँ पुगेपछि उनकी भाउजुलाई धक्का लाग्यो र उनी पनि डिप्रेसनको शिकार भइन् । उनले खबर पाएलगत्तै खान पिउन छोडेकी थिइन् । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला उता उनकी भाउजुको पनि निधन भयो । पारिवारिक स्रोतका अनुसार सुधाको मृत्यु लगभग त्यही समयमा भएको हो जतिबेला सुशान्तको अन्तिम संस्कार भइरहेको थियो ।

Facebook Comment


सम्बन्धित खवर

ताजा भिडियो