दोलखामा गोरखा भूकम्पकाे पराकम्प

डिसी नेपाल
२ असार २०७७ ११:५७

दोलखा । दोलखाको लामाबगर आसपास केन्द्रविन्दु भई पराकम्प गएको छ।

आज बिहान ९ः५३ बजे ४.१ रिक्टर स्केलको परकम्प गएको खानी तथा भू–गर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले दोलखामा गएको भूकम्प गोरखा भूकम्पकै परकम्प भएको बताए ।

उनका अनुसार विसं २०७२ को गोरखा भूकम्प (७.६ रिक्टर स्केलं) पछि हालसम्म चार रिक्टर स्केलभन्दा माथिका ५४० परकम्प गएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *