श्रम मन्त्री यादवद्वारा श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा

डिसी नेपाल
२ असार २०७७ १५:४२

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवद्वारा श्रमिक सूचना बैंक स्थपना गर्ने घोषणा भएको छ।  सरकारको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७–०७८ को वार्षिक वजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थपना गर्ने कार्य अगाडि बढेको छ।

श्रमिक बैंक स्थपना गरी कार्यन्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरी कार्य प्रारम्भ गरेको छ। कृषिलगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शीप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् बारे एकत्रित जानकारी उपलब्ध गराउने उद्देश्यले श्रमिक बैंकको स्थपना गर्न लागेको मन्त्री यादवले बताए।

विकास र औद्योगिकरणले गति लिँदैगर्दा मौजुदा श्रमिकको पर्याप्तता सुनिश्चित गर्न र श्रमिक बैंकको स्थपनाले श्रमिकको सम्रग व्यवस्थापनमा मदत पुर्याउने भएकोले श्रमिक बैंकको आवश्यता रहेको मन्त्री यादवले प्रष्ट पारे।  मंगलबार मन्त्रालयको बैठक हलमा मन्त्री यादवको उपस्थितीमा विज्ञ टोलीले श्रमिक बैंकको कार्यन्वयन बारे प्रस्तुतिकरण गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *