लकडाउनकै समयमा क्वारेन्टाइनमा १६ सय बढी महिलामा हिंसा भयो : महिला संघ

डिसी नेपाल
२ असार २०७७ १७:०८

काठमाडौं । नेपाल महिला संघले लकडाउनको समयमा क्वारेन्टाइनमै १ हजार ६ सय ८४ महिला हिंसामा परेको बताएको छ। मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संघले धेरै घटनाहरु गुपचुप पारिएको बताएको छ।

कैलालीमा भएको घटना प्रति ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘ यही जेष्ठ ३२ गते कैलाली जिल्लाको लम्कीचुवा क्वारेन्टाइनमा राती सुतिरहेकी एकजना महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वंसेवक लगायत ४ जनाबाट पासबिक तबरले सामूहिक बलात्कार भएको छ। यस घट्नाले नेपाल महिला संघ स्तब्ध भएको छ र नेपाल महिला संघको गम्भीर ध्यानकर्षण भएको छ । क्वारेन्टाइन महिलाहरुका लागि हिस्रक खाडल भएको छ।’

विज्ञप्तिमा सरकारको असक्षमताका कारण यस्ता घटनाहरु हुने उल्लेख गरिएको छ। ‘सरकारको अव्यवस्था, अकर्मव्यता, असक्षमता, नालायकपनका कारण यस्ता घट्नाहरु दिनानुदिन बड्दै गइरहेका छन्।’ विज्ञप्तिमा भनिएको छ, ‘सरकार केवल रमिते बनेर बसेको छ। पुरै दण्डहिन्ताको अवस्था छ।’
‘सरकार कोरोना महामारीको यस्तो अवस्थामा पनि नागरिकहरुको सुरक्षा गर्ने, रोग र भोकबाट बचाउन कम्मर कसेर लाग्नु पर्नेमा केवल आफनो दुनोसुमयाउन तर्फ मात्र केन्द्रित देखिन्छ।’ विज्ञप्तिमा भनिएको छ, ‘पिडितलाई न्याय र क्षतिपूर्तिको व्यवस्था गर्न र अपराधीहरुलाई कडा भन्दा कडा कार्यबाही गर्न नेपाल महिला संघ सरकार संग जोडदार माग गर्दछ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *