रेमिट्यान्स ६.१ प्रतिशत र पुन श्रम स्वीकृत २४.६ प्रतिशतले घट्यो

डिसी नेपाल
२ असार २०७७ १८:४१

काठमाडौं । चालु आर्थिक बर्षको दश महिनामा रेमिट्यान्स आप्रवाहमा ६.१ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार जारी गरेको देशको आर्थिक अवस्था सम्बन्धी रिपोर्टमा बैशाख सम्ममा ६ खर्ब ८० अर्ब ८४ करोड रुपैयाँ रे्मिट्यान्स नेपाल आएको थियो ।

गत बर्षको सोही अवधिमा रेमिट्यान्स आप्रबाह १९.६ प्रतिशतले बढेको थियो । तर, चैतको महिनाको तुलनामा भने रेट्यिान्सको आप्रबाह केही बढेको छ ।
राष्ट्र बैंकका अनुसार गत चैत महिनामा ३४ अर्ब ४८ करोड रुपैयाँ मात्र नेपाल भित्रिएको थियो भने बेशाख महिनामा भने ५४ अर्ब रुपैयाँ भित्रिएको छ। गत फागुन महिनामा ७९ अर्ब २१ करोड रुपैयाँ र माघमा ६६ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत डिसेम्बरको अन्तिम साता चीनमा देखिएको कोरोना भाइरस (कोभिड–१९)को संक्रमण मार्चसम्म आइपुग्दा विश्वभर फैलिएको थियो। मार्चको पहिलो सातादेखि विश्वभर लकडाउन सुरु भएपछि धेरै नेपालीहरुले जागिर गुमाएका थिए भने कतिले काम नगरी बसेका छन्। जसको कारण नेपालमा आउने रेमिट्यान्समा कमी आएको हो।

त्यस्तै, बैशाखसम्ममा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २.७ प्रतिशतले घटेको छ । अघिल्ले बर्षको सोही अवधिमा यस्तो संख्या ३६.८प्रतिशतले घटेको थियो ।

राष्ट्र बैकका अनुसार वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २४.६ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ५.८ प्रतिशतले बढेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *