प्रमाण नपुगेको भन्दै डिएसपी ढुंगेल साधारण तारेखमा रिहा

डिसी नेपाल
२ असार २०७७ २०:५९

काठमाडौं । काठमाडौको रानीबारीको एक घरमा डकैती आरोप लगाइएका डिएसपी कुमोध ढुंगेललाई साधरण तारेखमा छाडिएको छ । काठमाडौ जिल्ला आदालतले प्रमाण नभएको भन्दै मंगलबार साधरण तारेखमा छाड्ने आदेश दिएको हो ।

गुण्डाहरुसँग मिलेर रानीबारीको एक घरमा भएको डकैती घटनामा संलग्न अभियुक्तसँग भेट गरेको भन्दै उनीविरुद्ध जिल्ला अदालतमा मुद्धा दायर गरिएको थियो । अदालतले साधरण तारेखमा छुटेसँगै उनलाई प्रहरी सेवामा फर्कन बाटो खुलेको छ ।

तत्कालिन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा उनी निकट केही प्रहरी अधिकारीले ढुंगेल नियोजित रुपमा फसाउन मुद्दा दायर गरेको बताइन्छ । प्रमाण नभएको भन्दै त्यतीबेला नै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको थियो ।

पछि खनालले नै दबाब दिएर मुद्दा चलाउन लगाएका थिए । ढुंगेल तत्कालिन एआईजी पुष्कर कार्कीलाई सहयोग गरेको भन्दै त्यसरी फसाइएको प्रहरी अधिकारीहरु बताउँछन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *