भारत-चीन झडपमा २० भारतीय सैनिक मारिए

डिसी नेपाल
२ असार २०७७ २२:४५
36
Shares

नयाँ दिल्ली (एजेन्सी)। भारत र चीनको सीमा क्षेत्र लद्दाखमा सोमबार राती भएको हिंस्रक झडपमा २० जना भारतीय सैनिक मारिएका छन्।

शुरुमा ३ जना भारतीय सैनिक मारिएको बताइए पनि मंगलबार साँझ भारतीय सञ्चार माध्यमहरुले एक कर्णेलसहित २० जना सैनिक मारिएको बताएका छन्।

यो झडपपछि भारत र चीनबीच तनाव झन बढ्ने विश्लेषण गरिएको छ। झडपका लागि चीन र भारतले एक अर्कामाथि आरोपप्रत्यारोप गरेका छन्। चीनले भारतीय सेनाले सीमा पार गरेकाले झडप भएको भन्दै सीमा क्षेत्रमा कुनै पनि एकतर्फी एक्शन नगर्न चेतावनी दिएको छ।

चिनियाँ सरकारी समाचारपत्र ग्लोभल टाइम्सका अनुसार चिनियाँ अधिकारीले सीमा क्षेत्रमा शान्ती कायम गर्न भारतले एकतर्फी कारबाही रोक्नुपर्ने बताएका छन्। उता भारतले चीनकै कारण झडप भएको आरोप लगाएको छ।

भारतीय विदेश मन्त्रालयले विज्ञप्ति जारी गर्दै यदी चिनियाँ सेना संयम भएको भए क्षति नहुने अवस्था रहेको बताएको छ। भारत र चीनबीच लामो सयमदेखि सीमा विवाद जारी छ।

तर, पछिल्ला ४५ वर्षपछि चीन भारत सीमामा भारतीय सेनाले ज्यान गुमाएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *