सुशान्त सिंह राजपुत सुसाइडः सलमानसहित ८ जनाविरुद्ध मुद्दा दायर
नयाँ दिल्ली (एजेन्सी)। हालै सुसाइड गरेका बलिउड अभिनेता सुशान्त सिंह राजपुत मामिलामा बुधबार ८ जनाविरुद्ध मुद्दा दायर भएको छ। भारतको मुज्जाफपुर अदालतमा वकलील सुधिरकुमार ओझाले बलिउडका ४ हस्ती र अन्य ४जनाविरुद्ध मुद्दा दायर गरेका हुन्।
उनले सलमान खान, करण जौहर, संजयलीला भन्साली र एकता कपुर र अन्य ४ जनाविरुद्ध मुद्दा दायर गरेका छन्। ओझाले सुशान्तलाई पछिल्लो पटक ७ वटा फिल्मबाट निकालिएको भन्दै उनका अगाडि सुसाइड गर्नुबाहेक अन्य विकल्प नबचेको बताएका छन्।
स्मरण रहोस सुशान्तले सुसाइड गरेपछि बलिउडका हस्तीहरु ट्रोल भइरहेका छन्। यसैबीच आफूविरुद्ध मुद्दा दायर भएपछि एकता कपुरले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन्। उनले सुशान्तलाई आफूले नै कास्ट गरेको भन्दै उनका परिवारलाई दुःख पुग्ने काम नगर्न भनेकी छन्। उता अभिनेत्री कंगना रनौतले त सुशान्तको सुसाइडलाई प्लान्ड मर्डर भनेकी छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment