अमेरिकाबाट नेपाल जाने उडान समयमा हेरफेर

डिसी नेपाल
४ असार २०७७ ६:३६

वासिंगटन डिसी । अमेरिकाको वासिंगटन डिसीस्थित नेपाली दुतावासले जरुरी अवस्था आई नेपाल फर्किनुपर्ने नेपालीहरुका लागि पूर्वनिर्धारित उडान तालिकामा हेरफेर गरेको छ ।
दूतावासका तर्फबाट जुन १७ तारिक बुधबार एक सूचना प्रकाशित गर्दै टर्किस एयरलाइन्सले जुन २३ तारिकमा न्यूयोर्कको जेएफके एयरपोर्टबाट सांझ साढे १० बजे उडान गर्ने र जुन २४ तरिकमा शिकागोबाट सांझ ६ बजेर ५० मिनेटमा उडान गर्ने जानकारी दिएको छ । यसअघि शिकागोको उडान जुन २५ मा तय भएको थियो ।
त्यसैगरी कतार एयरले जुन २४ को उडान आईएडी वासिंगटन डिसीबाट १० बजे तय गरेको छ । यसअघि यो उडान जुन २३ मा गर्ने भनिएको थियो । कतारले अर्को उडान जुन २५ मा डालास टेक्ससबाट सांझ ६ बजे १० मिनेटमा तय गरेको छ । दुबै एयरलाइन्सले टिकट विक्रीका लागि एजेण्टहरु तोकेको दुतावासको सूचनामा उल्लेख गरिएको छ । यी सबै उडानबाट नेपाल जानेहरुको नाम यसअघि दूतावासमा निवेदन दिएर तय भएका नामहरु हुन् । दूतावासले नाम टिपाएर नेपाल जान इच्छुक भएकाहरुको नाम दुबै एयरलान्सलाई पठाइसकेको र लिष्टमा नाम भएकाहरुले विमान कम्पनीले तोकेका एजेण्टहरुमार्फत टिकट किन्नु पर्ने दूतावासको सूचनामा उल्लेख छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *