एमसीसी देशको हितमा छ, छिट्टो पास गरौः पूर्व अर्थमन्त्री कार्की

डिसी नेपाल
४ असार २०७७ १५:१८

काठमाडौंं। पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) आफूले देशको हितमा गरेको जिकिर गरेका छन्। बिहीबार संघीय संसदको प्रतिनिधि सभामा बोल्दै उनले आफूले देशको हितलाई ध्यानमा राखेर सम्झौता गरेको भन्दै सो सम्झौता संसदबाट पारित हुनुपर्ने बताए।

उनले भने,‘एमसीसी नेपालको लागि गेम चेन्जर प्रोजेक्ट हो, यो परियोजना विश्वका ५० भन्दा बढी देशहरु सहभागी भइसकेका छन् अर्को कुरा यो पुर्णतया नेपालको पक्षमा छ र यसका लागि धेरैले योगदान गरेका छन्। त्यसैले एमसीसीको प्रयोग नेपालले पुर्ण रुपमा गर्नुपर्छ। मैले नै अमेरिकामा गएर २०१७ मा एमसीसी सम्झौतामा हस्ताक्षर गरेको हुँ।’

उनका अनुसार एमसीसीको विषयमा सत्तारुढ दलकै सांसदले भ्रम फैलाएका छन्। एमसीसीमा उल्लेख गरिएका विभिन्न आयोजनाको ठेक्का प्रकृया ग्लोवल टेन्डरबाट हुने र ती आयोजनाले नेपालको सामाजिक, आर्थिक र सांस्कृति रुपान्तरणका लागि ठूलो योगदान पुग्ने बताउँदै भने, ‘यो सम्झौता नेपालको संविधान भन्दा माथि छैन र अमेरिकी सेना नेपालमा आउने भन्ने कुरा पनि निराधार हो।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *