संविधान संशोधन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण, अब निशान छापमा नेपालको नयाँ नक्शा

डिसी नेपाल
४ असार २०७७ १८:४४

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार साँझ संविधान संशोधन विधेयक प्रमाणीकरण गरेकी छन्। राष्ट्रपतिबाट विधेयक पारित भएसँगै नेपालको संविधान संशोधन भएको छ। लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको नेपालको नक्शा सरकारको निशान छापमा राख्न संविधान संशोधन गरिएको हो।

सरकारले हालै नेपालको नयाँ नक्शा जारी गरेको थियो। निशानछापमा समेन नयाँ नक्शा राख्नुपर्ने भएकाले संविधानको अनुसूची संशोधन गर्न सरकारले संविधान संशोधन विधेयक संसदमा ल्याएको थियो। संसदका दुबे सदनबाट सर्वसम्मतरुपमा यो विधेयक पारित भएपछि राष्ट्रपतिबाट प्रमाणीकरण भएर लागु भएको हो।
अब नेपाल सरकारको निशान छापमा नयाँ नक्शा हुनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *