ट्रम्पलाई सर्वोच्च अदालतको झट्का, डीएसीए समाप्त गर्ने प्रयास असफल
वाशिंगटन (एजेन्सी)। अमेरिकामा प्रवासी बालबालिकाहरुलाई सुरक्षित गर्ने एक कार्यक्रमलाई समाप्त गर्ने राष्ट्रपति डोनल्ड ट्रम्पको योजनालाई त्यहाँको सर्वोच्च अदालतले रोकिदिएको छ।
अमेरिकी सञ्चार माध्यम सीएनएनका अनुसार ओबामा कालिन योजना डेफ्रेड एक्शन फर चाइल्डहुड अराइभल्सलाई ट्रम्प प्रशासनले समाप्त गर्ने तयारी गरेको थियो। तर, सर्वोच्च अदालतले यो कार्यक्रमलाई निरन्तरता दिन आदेश दिएको छ।
यो कार्यक्रमले प्रवासी बालबालिकाहरुलाई निवार्सनमा पठाउनबाट कानुनी संरक्षण दिनेगर्छ। सर्वोच्च अदालतका प्रधान न्यायधीश जोन रोबर्ट, न्यायधीश रथ बडर गिंसवर्ग, एलिना कागन, स्टेफन ब्रेयर र सोनिया सोटोमेयरको इजलासले यस्तो आदेश दिएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment