राष्ट्रिय भावनाले प्रेरित गीत ‘खाँटी नेपाली’ सार्वजनिक (भिडियाे)
काठमाडौं। साइन वेब स्टुडियोले राष्ट्रिय भावनाले प्रेरित गीत खाँटी नेपाली सार्वजनिक गरेको छ। गायक अनिस श्रेष्ठको स्वर तथा संगीतमा सजिएको यो गीतमा सबै नेपालीको भावना समेटने प्रयास गरिएको छ।
अहिलेका चर्चित रचनाकार डा. राजुबाबु श्रेष्ठले रच्नु भएको यो गीतले सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरिएको छ। यस गीतको म्यूजिक भिडियोमा अहिलेका व्यस्त नायक शिवन पोखरेलले अभिनयका साथै निर्देशन पनि गरेका छन्।
जसमा मेलिना ठकुरी, प्रल्हाद खरेल, एलिना रायमाझी, अनु पराजुली, रूबिना अधिकारी, सुवास खड्का, विकास बस्नेत, अस्मिता बिके, बिपना चौलागाई र निशा मगरले साथ दिएका छन्।
अनुभवी सिनेमेटोग्राफर सुरेन्द्र श्रेष्ठले छायाँकन गरेकाे यो म्यूजिक भिडियोमा क्रान्ति केसीको संपादन र दिपेन्द्र प्रकाश केसीको व्यवस्थापनमा साहारा फिल्म एण्ड इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण गरिएको हो।
भिडियाे
No ads found for this position


डिसी नेपाल
Facebook Comment