करण जौहरको एकपछि अर्को रहस्यमय काम, के सुशान्तको आत्महत्यामा जिम्मेवार छन् ?

डिसी नेपाल
५ असार २०७७ १०:३८

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि उनको आत्महत्याको कारण डिप्रेसन भएको र डिप्रेसनको कारण उनलाई फिल्ममा कामबाट बञ्चित गरिएको दावी गरिएको छ । भाइभतिजावादको पनि मुद्दा तातेको छ र यसमा विशेष गरी करण जौहरमाथि धेरै आरोप लागेको छ । करणसहित ८ जना निर्माताविरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

लगातार आलोचनामा परेका करणले पछिल्लो समय एकपछि अर्को गर्दै रहस्यमय गतिविधिहरु गर्न थालेका छन् । भारतीय अखबार दैनिक भास्करले लेखेअनुसार करणले आफ्नो मोवाइल नम्बर अचानक परिवर्तन गरेका छन् । यतिमात्र होइन उनले आफ्नो नजिकका कैयौंलाई सामाजिक संजालमा अनफलो गरेका छन् । उनका यस्ता गतिविधिले उनीमाथि उठेको प्रश्न झनै गम्भीर भएको छ ।

करण जौहरले सुशान्तले अभिनय गरेको फिल्म ‘ड्राइभ’ निर्माण गरेका थिए । यो फिल्ममा ज्याकलिन फर्नान्डिज पनि थिइन् । तर, यो फिल्म सुरुमा १ देखि २ वर्षसम्म अड्काएर राखिएको थियो । त्यसपछि यो फिल्म रिलिज त भयो तर सिनेमाघरमा रिलिज भएन । यो फिल्म नेटफ्लिक्समा रिलिज गरियो । यो घटनाका कारण पनि करणमाथि सुशान्तको करिअर समाप्त पार्न खोजेको आरोप लागेको छ । यही बीचमा करणले अचानक नम्बर परिवर्तन गर्दा उनी झनै शंकाको घेरामा परेका छन् ।

यही बीचमा करणले ट्वीटरबाट कैयौं चर्चित व्यक्तिहरुलाई अनफलो गरेका छन् । करणले आलिया भट्ट, बरुण धवन, सिद्धार्थ मल्होत्रा, काजोल सहितका कैयौं सेलिब्रेटीहरुलाई अनफलो गरेका छन् । पछिल्लो समय करणले केवल ८ ट्वीटर ह्याण्डल फलो गरिरहेका छन् जसमा केही प्रोडक्सन हाउस र प्रधानमन्त्री नरेन्द्र मोदी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *