बोर्डको प्रमुख कार्यकारी अधिकृत नियुक्तिका लागि प्रक्रिया शुरु

डिसी नेपाल
५ असार २०७७ १४:५१

काठमाडाैं। तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैंकका गभर्नरमा नियुक्त भएपछि रिक्त लगानी बोर्ड प्रमुखका लागि सरकारले शुक्रबार प्रस्ताव आह्वान गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बोर्डको प्रमुख कार्यकारी अधिकृतका लागि सार्वजनिक सूचनामार्फत इच्छुक उम्मेदवारले आगामी १५ दिनभित्र आवेदन दिन सक्ने जनाएको छ।

सार्वजनिक–निजी साझेदारी तथा लगानी ऐन, २०७५ अनुसार बोर्डमा रहने प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्रतिस्पर्धाका आधारमा छनोट गरिने प्रावधान छ।

सरकारले वैदेशिक लगानीको प्रबन्ध एवम् लगानी विस्तारका लागि बोर्ड स्थापना गरेको हो। बोर्डले संयोजन गरेकामध्ये ९०० मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माणका क्रममा छ।

यस्तै होङ्सी–शिवम् सिमेन्टले नियमित उत्पादन गरिरहेको छ। यसैगरी ह्वासिन सिमेन्ट उद्योगको काम जारी छ। ठूला लगानीका परियोजनालाई बोर्डले संयोजन गर्दै आएको छ। बोर्डले संयोजन गरिरहेका अन्य केही ठूला परियोजना निर्माणमा जाने तयारीमा छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *