क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट आयो
बर्दिया । बर्दियाको क्वारेन्टिनबाट फर्किएपछि मृत्यु भएका पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।
भेरी अञ्चल अस्पतालमा गरिएको परीक्षणमा बारबर्दिया नगरपालिका –३ खुरखुरेका ४५ वर्षीय बन्सराम थारुको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो।
दुई साताअघि काठमाडौंँबाट आई १४ दिन क्वारेन्टिन बसेपछि आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्किएका थारुकोे बिहीबार राति अचानक स्वास्थ्यावस्थामा समस्या देखिएपछि जिल्ला अस्पताल लैजाँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले बताए। रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment