के पढाइ भयो चीनसँगको भर्चुअल क्लासमा ?
काठमाडौं। चिनियाँ कम्युनिष्ट पार्टी स्थापना भएको ९९ औं वर्ष पुगेको अवसरमा शुक्रबार चिनियँ कम्युनिष्ट पार्टीको विदेश विभाग प्रमुखले नेकपाको स्कुल विभागसँग मिलेर भर्चुअल कार्याशालाको आयोजना गरेको थियो। करिव साढे दुई घण्टाको कार्याशालामा चीनका नेताहरुले चीनले गरेको विकास निर्माणलगायतका विषयमा आफ्नो अनुभव सुनाएका थिए।
सो कार्यशालामा चीनका तर्फबाट चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओ र एक जना प्रोफेशरले धारणा राखेका थिए भने नेकपाकातर्फबाट अध्यक्ष पुष्कमल दाहाल प्रचण्ड र स्कुल विभाग प्रमुख एवं सचिवालय सदस्य ईश्वर पोखरेलले आफ्नो धारणा राखेका थिए।
सो कार्यशालामा सहभागी नेकपा नेता एवं राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईका अनुसार चिनियाँ पक्षले पार्टी कसरी जनताकाबीच जाने र विकास निर्माणलाई अगाडि बढाएको छ भन्ने विषयमा जानकारी गराएका थिए।
‘कार्याशालामा चिनियाँ पक्षले कम्युनिष्ट पार्टी जनतामा कसरी जानुपर्छ र चीनले कसरी युद्धस्तरमा विकास गरेको छ भनेर अनुभव सुनायो,’ नेकपा नेता भट्टराईले डिसी नेपालसँग भने, ‘यो कार्यशाला सिक्ने र सिकाउने उद्देश्यले आयोजना गरिएको होइन।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment