आइतबार लाग्ने ग्रहणले कोरोना निको हुनसक्छ ! (भिडियोसहित)

डिसी नेपाल
७ असार २०७७ ७:२१

काठमाडौं। ज्योतिष तथा वास्तुशास्त्री सुरेशचन्द्र रिजालले आइतबार लाग्ने सूर्य ग्रहण पछि कोरोना निष्कृय हुने बताएका छन्। डिसी नेपालसँगको कुराकानीमा उनले गत पुष १० गते लागेको सूर्यग्रहणबाट कोरोनाको उदय भएको उदृत गर्दै असार ७ गते लाग्ने ग्रहणले त्यसलाई निष्कृय पारेको बताए।

‘नेपालको राषि वृक्षिक हो। आइतबार लाग्ने सूर्य ग्रहणले वृक्षिक राषिमा अशुभ हुने हुँदा सत्तामा केही परीवर्तन हुने छ,’ ज्योतिष रिजाले भने, ‘गत डिसेम्बर २६ मा लागेको सूर्यग्रहणले विश्वमा नै केही समस्या सृजना गर्छ भन्ने हाम्रो आँकलन थियो। कोरोनाको सुरुवात भयो। अब आइतबार लाग्ने ग्रहणले यसलाई सकारात्मक दिशातिर धकेल्नने छ। कोरोनाको औषधि सार्वजनिक हुन्छ। ग्रहण लागेको १/२ महिनामै कोरोनाको औषधि रिलिज हुने छ र कोरोना निष्कृय हुदै जानेछ।’

यो ग्रह ४ वटा राशीका लागि राम्रो भएको उनको धारणा छ। उनले भने, ‘मेष, कन्या, सिंह र मकर राशी हुनेहरुका लागि शुभ छ। राम्रो छ भन्दैमा नाङ्को आँखाले हेर्न भने हुँदैन।’
ग्रहण लागेको बेला खाना नहुने उनको भनाइ छ। उनले भने, ‘शनिबार राति १०ः५० देखि नै शुतक लाग्ने हुँदा खान नहुने शास्त्रमा उल्लेख छ। ग्रहण आइतबार १०ः५० मा सुरु हुने छ। २ःघ३ मा सकिने छ। हामीले ३ बजे पछि खाना खान हुन्छ।’

भिडियाे




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *