सुशान्तको मृत्युको पीडामा ५ जना फ्यानले आत्महत्या गरे, ११ वर्षका बालक आमाको सलले झुण्डिए

डिसी नेपाल
७ असार २०७७ १०:४४

मुम्बइ। बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको पीडामा आत्महत्या गर्ने फ्यानको संख्या ५ पुगेको छ । पछिल्लो पटक ११ वर्षका बालकले आमाको सलमा झुण्डिएर आत्महत्या गरेको भारतीय संचारमाध्यमले जनाएका छन् । उत्तर प्रदेशको हापुड जिल्लाका ती बालक आमाको सलको पासो लगाएर झुण्डिएका हुन् । उनी सुशान्तको ठूलो फ्यान रहेको बताइएको छ ।

यसअघि उत्तर प्रदेशको बरेली, बिहारको पटना, अण्डमान द्वीप र विशाखापट्टनममा पनि १–१ जनाले आत्महत्या गरेका थिए । बरेलीका विद्यार्थीले ‘सुशान्तले आत्महत्या गर्न सक्छन् भने मैले पनि सक्छु’ लेखेर आत्महत्या गरेको बताइएको छ । अण्डमानकी युवतीले सुशान्तको बारेमा नियमित रुपमा डायरीमा लेख्ने गरेको खुलासा भएको थियो । पटनामा १७ वर्षीया किशोरीले सुशान्तको मृत्युको खबरपछि आत्महत्या गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *