पादेको अभियोगमा ६८ हजार जरिवाना !

डिसी नेपाल
७ असार २०७७ १४:४७

भियना। अष्ट्रियामा एक व्यक्तिलाई पुलिसको अगाडि पादेको अभियोगमा ५ सय युरो (६८ हजार नेपाली रुपैयाँ) जरिवाना तिराइएको छ । अष्ट्रियाको पुलिसले भने आफ्नो यो कारवाहीको प्रतिरक्षा गरेको छ । स्थानीय मिडियालाई उदृत गर्दै न्यूयोर्क टाइम्सले लेखेअनुसार घटना जून ५ मा राजधानी भियनामा भएको थियो ।

पुलिसले ती व्यक्तिले नियतवश यस्तो गरेको दावी गरेको छ । पुलिसका अनुसार ती व्यक्ति पार्कको बेन्चबाट उठेर पुलिस अधिकारीहरुलाई हेरेपछि पूरै नियतका साथ जोडले पादेका थिए । पुलिसले ट्वीटरमा पोस्ट गर्दै आफ्नो जरिवाना तिराउने निर्णयको प्रतिरक्षा गरेपछि धेरैले यस विषयमा टिप्पणी गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *