शेयर बजार खुल्नेमा अन्याेल, धितोपत्र बोर्डको भूमिकामा लगानीकर्ताको प्रश्न
काठमाडौं। सरकारले लकडाउन खुकुलो बनाएपनि शेयर बजार संचालनका विषयमा भने अन्यौलता बढेको छ। सरकारले बैंक, वित्तीय संस्था, बिमा, धितोपत्र कारोबारलगायतका सेवा संचालन गर्ने भनेपनि नेपाल धितोपत्र बोर्डले भने बजार बन्द गरेको हो।
नेपाल धितोपत्र बोर्डको निर्देशन अनुसार शनिबार नै नेपाल स्टक एक्चेन्जको संचालक समितिको बैठक बसेर अनिश्चितकालीन कारोबार स्थगन गरेको छ। नेप्सेले अनिश्चितकालीन कारोबार स्थगत गरेपछि बजार खुल्नेमा अन्यौलता बढेको छ।
लकडाउन खुकुलो भइसक्दा पनि बजार बन्द गरेको भन्दै शेयरका विज्ञ तथा लगानीकर्ताले बोर्डको आलोचना समेत गरेका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आइतबार गरेको अन्तक्रिया कार्यक्रममा वोल्ने वक्ताहरुले सीमित लगानीकर्ताको उक्साहटमा बजार बन्द गरिएको आरोप लगाए।
नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले नियामकको कमजोरीका कारण बजार खुल्न नसकेको बताइन्। शेयर बजार बन्द हुँदा सबैभन्दा बढी लगानीकर्ताहरुलाई नै असर परेको भन्दै उनले अब बजार खोल्नुपर्ने माग गरिन्।
अर्का लगानीकर्ता प्रकाश तिवारीले केही व्यक्तिको सनकका भरमा शेयर बजार बन्द गरिएको आरोप लगाए। नियामक धितोपत्र बोर्डले प्रभावकारी काम गर्न नसकेको भन्दै बजारको विकासका लागि पूर्वाधार विकास नगरेको उल्लेख गरे।
धितोपत्र बोर्डको पूर्व अध्यक्ष सुरविर पौडेलले धितोपत्र बजारलाई राष्ट्र बैंक, सरकारले कम प्राथमिकतामा राखेको बताए। उनले वास्तविक क्षेत्रका क्रम्पनीलाई बजारमा भित्र्याउनुपर्ने र सूचिकृत कम्पनीलाई कर्जामा सहुलिएर दिएर प्रोत्साहन गर्न सकिने उल्लेख गरे। सरकारले कोरोना संक्रमण रोक्न लकडाउन गरेपछि शेयर बजार पनि बन्द गरिएको थियो। बीचमा २ दिन बजार खुल्ला गरेपनि नेप्से घटेपछि पुनः बन्द गरिएको थियो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment