१२ हजार घुस सहित पक्राउ परेका प्रहरी निरीक्षक राय निलम्बित

डिसी नेपाल
७ असार २०७७ १६:५६

काठमाडौं । भीमफेदी इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक रामबालक राय ठेकेदारसँग १२ हजार घुस लिएको अभियोगमा आज पक्राउ परेका छन् । उनलाई निलम्बनसमेत गरी थप अनुसन्धान समेत गरिएको वाग्मती प्रदेश प्रहरी प्रमुख वसन्तकुमार लामाले जानकारी दिए।

यसैबीच हेटौँडा–११ नवलपुरकी सुस्तःमनस्थितिकी एक युवतीलाई बलात्कार गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गत जेठ २४ गते दिउँसो ३२ वर्षीया युवतीलाई घर नजीकैको मकैबारीमा लगी ५० को लोभ देखाएर बलात्कार गरेको आरोपमा ६० वर्षीय रामप्रसाद हुमागाईंलाई पक्राउ गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *