निजी विद्यालयको मनलाग्दी, अभिभावकसँग मागे शुल्क

डिसी नेपाल
७ असार २०७७ १७:३५
4
Shares

काठमाडौं। गएको चैत ११ गतेदेखि जारी देशव्यापी लकडाउनका कारण विद्यालय बन्द तथा नयाँ भर्ना नभए पनि निजी विद्यालयले भने भर्ना शुल्क र अन्य शुल्क बुझाउन अभिभावकहरुसँग अपील गरेका छन्।

निजी विद्यालयहरुका दुबै संगठन प्याब्सन र एनप्याब्सनले आइतबार सँयुक्त अपील जारी गर्दै अभिभावकहरुसँग शुल्क मागेका हुन्।

सरकारले लकडाउन गर्नुअघि नै नयाँ भर्ना बन्द गरेको र विद्यालय बन्द भए पनि निजी विद्यालयहरुले भने आफूहरु आर्थिक संकटमा परेको भन्दै लकडाउन अवधिको पनि शुल्क माग गरेका छन्।

यो विषयमा सरकारले भने कुनै निर्णय गरिसकेको छैन। तर, पनि निजी विद्यालयहरुले आफूखुशी शुल्क उठाउने तयारी थालेका हुन्।

प्याब्सनका अध्यक्ष टीकाराम पुरी र एनप्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले सँयुक्तरुपमा आइतबार अपील जारी गर्दै शुल्क मागेका छन्। जारी अपीलमा, ‘आआफ्ना छोरा छोरीको नयाँ तथा पुरानो अभिलेखिकरण गराउने, २०७६ को बाँकी वक्यौता सम्भव भएसम्म चुक्ता गर्ने, २०७७ सालको विद्यालयमा बुझाउनु पर्ने शुल्क भुक्तानी गर्ने जस्ता आर्थिक गतिविधिमा सहभागि र सहयोगी भई विद्यालयलाई सहयोग गर्न’ आह्वान गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *