ओखलढुंगामा देखियाे पहिलोपटक कोरोना संक्रमण
ओखलढुंगा। ओखलढुंगामा पहिलोपटक कोरोना संक्रमण देखिएको छ। जिल्लाको लिखु गाउँपालिकाका २८ वर्षीय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। भारतबाट फर्किएका उनको पिसिआर रिपोर्ट पोजेटिभ आएसँगै आइतबारसाँझ ओखलढुंगामा कोरोना संक्रमित भेटिएको हाे।
संक्रमित व्यक्ति लिखु गाउँपालिकाको क्वारेन्टाइनमा छन्। जिल्ला स्वास्थ्य प्रमुख तिवारीका अनुसार उनलाई छुट्टै कोठामा राखिएको छ। भारतको गोरखपुरबाट आएका ती युवालाई सीधै क्वारेन्टाइनमा राखिएको थियो। यसअघि ओखलढुंगा जिल्लाका कसैलाई कोरोना संक्रमण देखिएको थिएन।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment