लकडाउनमा गाउँ गएका कर्मचारी उतै रोकिए, जागिर जाने चिन्ता

डिसी नेपाल
८ असार २०७७ १४:३३

नुवाकोट। काठमाडौंमा लकडाउन खुकुलो भएसँगै गाउँमा भित्रिएका कर्मचारीलाई समस्या भएको छ। काठमाडौमा विभिन्न कार्यालय, उद्योग, व्यापार व्यवसाय चालू भएता पनि काठमाडौ भित्रिन नसक्दा कर्मचारी समस्यामा परेका हुन्।

कार्यरत कार्यालयले पटकपटक सम्पर्क गर्दा पनि सवारी साधनको अभावका कारण उपत्यकामा जान नसकेको सर्वसाधारणले गुनासो गरेका छन्। कलंकीस्थित फाइनसमा कार्यरत अर्घाखाँचीकी प्रतीक्षा खतिवडा भन्छिन्, ‘अफिसले धेरै पटक फोन गरिसक्यो, अफिस खोल्यो भन्छन् एक त त्रास अर्को कुरा भनेको गाडी नै छैन कसरी जानु?’

कार्यालयले पटकपटक अनुरोध गर्दा पनि आफू जान नसकेकोमा जागिर जान्छ कि भन्ने चिन्ता रहेको बताउँछिन् कैलालीकी निशा राई। लकडाउन खुकुलो बनेका बेला गाउँ आइयो, यति धेरै लम्बिएला जस्तो लागेका थिएन। अहिले अफिसबाट दैनिक बोलाइरहेका छन्, जान सकिएको छैन्,’ उनले भनिन्, ‘अब त्यही भएरहेको रोजगारी पनि गुम्ने चिन्ताले सताउन थाल्यो। यातायात सुचारु नभइ काठमाडौं जान सम्भव छैन।’

कोरोना संक्रमणका त्रास भएपनि अफिसले बोलाए लगत्तै जाने तयारी गरेको तर सवारी साधन सुचारी नभएका कारण जान नसकेको बताउँछिन् नुवाकोटकी कलंकीस्थित पुष्पाहार सहकारीमा कार्यरत एक कर्मचारी। ‘मलाइ धेरै अगाडिदेखि अफिसबाट फोन आउन थालेको हो, म जान पनि तयार भएकी थिएँ तर सवारी साधन नचल्दा यतै रोकिएर बस्नु परेको छ।’

वर्षौं उपत्यकामा सानोतिनो काम गरेर गुजारा गरिरहेका कर्मचारी काठमाडौं जान नै हतार देखिन्छन्। सामाखुसीको एक भाडा पसलमा काम गर्ने नुवाकोट विदुरका अजित वस्ती भन्छन्, ‘अफिस खुल्यो अब यहाँ पनि के गरेर बस्नु, उतै ठिक लाग्छ बस्न त। जाने कोशिश पनि गरेको हो।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *