ट्रेजरी बिलमार्फत २४ अर्व आन्तरिक ऋण उठाउँदै सरकार

डिसी नेपाल
८ असार २०७७ १५:०१

काठमाडौं। कोरोनाको संक्रमणका कारण आन्तरिक खर्च धान्न समेत कठिन परिरहेको अवस्थामा सरकारले थप २४ अर्ब ३ करोड रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ। सोमबार नेपाल राष्ट्र बैंकले २८, ९१ र १८२ दिन अवधिको ट्रेजरी बिल बिक्रीमार्फत ऋण उठाउन लागेको हो।

उक्त ऋणमध्ये ९ अर्व तीन करोड यसअघि उठाइएको ऋणको नविकरण र १५ अर्व थप नयाँ ऋण हुनेछ। यसमध्ये २८ दिन र १८२ दिन अवधिको लागि ५/५ अर्व र ९१ दिन अवधिको १४ अर्व तीन करोड रहेको छ।

ट्रेजरी बिल एक वर्ष वा एक वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो। सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ।

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब ९९ करोड रुपैयाँ आन्तरिक ऋण लिएको छ। त्यसमध्ये सबैभन्दा धेरै विकास ऋणपत्र मार्फत ३ खर्ब ८९ अर्ब रुपैयाँ, ट्रेजरी बिल मार्फत एक खर्ब ९७ अर्ब रुपैयाँ, नागरिक बचतपत्र मार्फत ८ अर्ब ३७ करोड रुपैयाँ र वैदेशिक रोजगार बचतपत्र मार्फत ४५ करोड रुपैयाँ ऋण लिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *