ट्रम्पको चुनावी र्‍यालीमा भीड किन कम भयो?

डिसी नेपाल
८ असार २०७७ १६:५८

वाशिंगटन (बीबीसी) । अमेरिकामा यसै वर्ष राष्ट्रपतिको चुनाव हुँदैछ। अमेरिकामा कोरोना भाइरस संक्रमणले निकै क्षति गरेको छ। यसैक्रममा राष्ट्रपति डोनाल्ड ट्रम्पको रणनीतिमाथि पनि प्रश्न उठिरहेको छ।

तर अमेरिकामा आजभोली राष्ट्रपति ट्रम्पको ओक्लाहोमा भएको र्यालीको निकै चर्चा भइरहेको छ। जो शनिबार राती भएको थियो। यो र्यालीको किन पनि चर्चा भएको हो भने यसमा निकै कम भीड जम्मा भएको थियो।

तर ट्रम्पले यो र्यालीमा १० लाख मासिन जम्मा हुने दावी गरेका थिए। तर, त्यस्तो भएन। टिकटक प्रयोग कर्ता र के कोप फ्यान्सले सामाजिक सञ्जालमा चलाएको अभियानका कारण भीड कम भइको दावी गरिएको छ।

तर, अब ट्रम्पको चुनावी अभियानसँज सम्बन्धित मानिसहरु यो दावीलाई नकार्छन्। दावी के पनि छ भने कैयौं युवकले टिकट किनेर पनि र्यालीमा गएनन्।

टुल्साको बैंक अफ ओक्लाहाहेमा सेन्टरमा १९ हजार मानिसलाई बस्ने व्यवस्था थियो। यो सेन्टर बाहिर पनि मानिसका लागि बस्ने व्यवस्था गरिएको थियो। तर, पछि एक भाग स्थगित गरिएको थियो। टुल्सा फायर ब्रिगेडको हवला दिँदै ट्रम्पको र्यालीमा ६ हजार मानिसहरु आएको बताइएको छ।

तर ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित मानिसहरुले भने भीडमा संख्या धेरै रहेको बताएका छन्। चुनावी अभियानका निर्देशक ब्रैड पास्र्केलले सञ्चारमाध्यम र प्रदर्शनकारीहरुले मानिसहरुलाई र्यालीमा आउनबाट रोकेको आरोप लगाए। प्राविधिक कारणले पनि केही मासिनहरु र्यालीमा आउन नसकेको बताए।

रिपब्लिकन पार्टीका पूर्व रणनीतिकार तथा ट्रम्पका आलोचक स्टीभ स्मिटले अमेरिका भर युवाहरुल्े टिकटको अनुरोध त पठाए तर उनीहरु र्यालीमा नआएको बताए। हाल यो स्पष्ट भने छैन कति मासिनहरुले फर्जी टिकट बुक गरे। तर, फर्जी टिकट बुक गर्नका लागि बनाइएको एक् टिकटक भिडियोलाई सात लाख मानिसहरुले लाइक गरेका छन्।

यो भिडियो र्यालीका लागि १९ जूनको मिति घोषणा गरेपछि पोस्ट गरिएको थियो। र्यालीके मिति घोषणापछि मानिसरुले निकै दुःख व्यक्त गरेका थिए। किनकी १९ जूनको दिन अमेरिकामा स्वतन्त्रता दिवसका रुपमा मनाइन्छ। जहाँ ट्रम्पको र्याली भयो, त्यस विषयमा पनि विवाद थियो। अमेरिकी इतिहासको सबैभन्दा नराम्रो जातीय नरसंहारको स्थानमा एक टुस्ला पनि हो।

दक्षिण कोरियाका चर्चित पप फ्यान्सल अमेरिकामा जर्ज फ्लायडको मृत्युपछि निकै सक्रियता देखिएका छन् र केही रकम पनि जुटाएका छन्। फ्यान्सले ब्ल्या म्याटरको विरुद्ध ह्यासट्याग चलाउनेहरुको प्रयासलाई पनि आफ्नो सक्रियताले पछाडि छोडदिएका थिए।

बीबीसी सम्वाददता एन्थनी जर्चर पनि टुस्लामा थिए। उनले र्यालीका आयोजकले जुन स्थानबाट टिकट बेचेका थिए, त्यसबाट फर्जी टिकट किन्ने वास्ताविक समर्थहरुलाई आउनबाट रोक्न नसक्ने बताए।

आयोजकले दावी गरेका थिए, १० लाख मानिस आउने छन्, यदि यसको आधा बुकिंग वास्ताविक भएको भए र्यालीमा ठूलो भीड जम्मा हुन्थ्यो।

ट्रम्पको यो र्यालीलाई लिएर स्वास्थ्य चिन्ता पनि थिए। अमेरिकामा कोरोना संकटकाबीच र लकडाउनको नियममा छुट दिएपछि यो पहिलो र्याली थियो। र्यालीभन्दा केही घण्टा पहिला आयोजकसँग सम्बन्धित ६ जना कोरोना पोजेटिभ भएको जानकारी आएके थियो। र्यालीमा ट्रम्पका केही समर्थक बिना मास्क देखिए। यो र्यालीमा ट्रम्पले करिब २ घण्टा लामो भाषण गरेका थिए। कोरोना पनि उनको भाषणको विषय थियो।

मासिनहरुलाई यो र्यालीले कोरोना फैलाउने आशंका थियो। जोन्स होपकिंस विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार अमेरिकामा २२ लाखभन्दा धेरै कोरोना संक्रमित भएकाा छन् र १ लाख १९ हजारभन्दा धेरैको मृत्यु भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *