पाल्पामा पहिरोले सवारी साधन बगाउदा २ जनाको मृत्यु

डिसी नेपाल
८ असार २०७७ १८:३९

पाल्पा । पाल्पाको तानसेन रिडी सडकखण्डमा भएको दुर्घटनामा २ जनाको ज्यान गएको छ। बुटवलबाट रिडी तर्फ जाँदै गरेका ४ वटा सवारी साधन पहिरोले बताएपछि २ जनाको ज्यान गएको पाल्पा प्रहरीले जनाएको छ।

रातभर परेको झरीले पहिरो गएपछि उक्त स्थानमा सडक अवरुद्ध भएको थियो । अवरुद्ध सडक सञ्चालनका लागि पहिरो पन्छ्याइ रहेकाबेला पुनः पहिरो आएपछि उक्त सवारी साधनहरु बगाएको हो। सवारी साधन सडकमै राखेर पहिलो हटाइरहेको प्रहरीले जनाएको छ।a

दुर्घटना भएको ठाउँमा उद्दार भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार ३ जनाको उद्दार गरिएको छ, भने अझै केही व्यपत्ता रहेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *