नेपालमा थप १३६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति ?
काठमाडौँ । नेपालमा थप १३६ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । बुधबार बिहान गण्डकी प्रदेशका ८ जिल्लामा ३२ र मंगलबार राति ८ जिल्लामा १०४ गरी जम्मा १३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशले जनाएको छ।
निर्देशनालयका अनुसार, बिहान थपिएका संक्रमितहरुमा लमजुङमा ५, पर्वतमा १, स्याङ्जामा ७, कास्की ५, गोरखा १, बागलुङ ९, तनहुँ १, नवलपुर (सुस्ता पूर्व) ३ जनामा संक्रमण देखिएको हो ।
यस्तै मंगलबार राति ठुलो संख्यामा संक्रमण देखिएको गण्डकी प्रदेशका जिल्लाहरुमा बागलुङ ६, कास्की ७, पर्वत २१, नवलपुर २१, स्याङ्जा १३ र तनहुँमा १ जना रहेका छन् ।
यो अधावधिक विवरण अनुसार गण्डकी प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ७२९ पुगेको छ ।
गण्डकी प्रदेशका आइसोलेसनमा रहेका र भर्खरै थपिएका नयाँ संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको र सबै स्वास्थ्यकर्मीको निगरानीमा रहेको निर्देशनालयले जनाएको छ ।
यस्तो छ बुधबार थपिने संक्रमितको संख्या

मंगलबार राति थपिएका कोरोना संक्रमित


No ads found for this position

डिसी नेपाल
Facebook Comment