झापा प्रहरीको आग्रहः सामाजिक दुरी कायम गर्दै व्यवशाय सञ्चालन गर्नुस्

डिसी नेपाल
१० असार २०७७ १३:४८

काठमाडौं। झापा प्रहरीले जिल्लाभरिका व्यवशायीलाई आफ्नो व्यापार व्यवशाय गर्दा सामाजिक दूरी कायम गर्न आग्रह गरेको छ। लकडाउन केही खुकुलो भएसँगै जिल्लाको बजार क्षेत्र खुल्न थालेपछि प्रहरीले सामाजिक दूरी कायम गरेर आफ्नो व्यवशायी सञ्चालन गर्न आग्रह गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाका एसपी कृष्ण कोइरालाले यसअघि तरकारी पसल र खाद्यान्न पसलहरुका लगाइएको एक मिटर दुरीलाई अहिले अन्य व्यवशायीले पालाना गरे संक्रमण कम हुने भएकाले व्यवशायीहरुलाई सो आग्रह गरिएको बताए।

बुधबार विहान बिर्तामोड बजार क्षेत्रका केही पसलमा प्रहरीले सामाजिक दूरी कायम गर्न गोलो घेरा बनाउने काम गरेको छ। बुधबार विहान आधा दर्जन पसल पुगेर इप्रका अनारमनीको टोलीले पसलको अगाडि भागमा घेरा हाल्न लगाएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ।

लकडाउन खुकुलो भएपछि व्यापारीले सामाजिक दूरी कायम नगरी व्यवसाय सञ्चालन गरेपछि प्रहरीले दुरी कायम गर्न आग्रह गर्दै घेरा हान्ने कामको थालनी गरेको छ।

विश्वभर कोरोना भाइरसको संक्रमणबाट बच्न (सोसियल डिस्ट्यान्स) सामाजिक दूरी कायम गर्न आग्रह गरिएको छ। नेपाल सरकारले सर्वसाधरणलाई भिडभाडमा नजान र सामाजिक दुरी कायम गर्न आग्रह गरेको छ।

सामाजिक दूरीको अर्थ,एकअर्काबाट टाढा रहनु भन्ने हो ताकी संक्रमणको सम्भावना कम गर्न सकियोस्र भिडमा नजानु, धेरै व्यक्ति एकै स्थानमा भेला नहुनु नै सामाजिक दुरी कायम गर्नु हो। तर अहिले कतिपय क्षेत्रमा सामाजिक दुरी कामय नगरेका कारणपनि संक्रमण फैलिएको सरकारले आशंका गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *