लकडाउनका तीन महिना : कसैले गाँस गुमाए, कसैले सास

डिसी नेपाल
१० असार २०७७ १६:०७

काठमाडौं। विश्व स्वास्थ्य संगठनले विश्वरव्यापी महामारी घोषणा गरेको कोरोनाभाइरस (कोभिड १९)का कारण नेपालमा लकडाउन लागु भएको बुधबार तीन महिना पुगेको छ। यो तीन महिनाको अवधिमा नेपालमा आर्थिक, सामाजिक र सांस्कृतिक उथलपुथलमात्र भएको छैन कसैले ज्यान नै गुमाउनु परेको छ, भने केहीले रोजगारी गुमाएका छन्। रोजगारी कतिले गुमाए भन्ने यकिन तथ्यांक प्राप्त नभए पनि निजी क्षेत्रका धेरैले रोजगारी गुमाएका छन्।

गएको चैत ११ गते बिहान १२ बजेबाट लागु हुने गरी सरकारले लकडाउन घोषणा गर्दा नेपालमा कोरोना संक्रमितको संख्या २ मात्र थियो। त्यस मध्ये पनि एकजना ठिक भएर नियमित काममा फर्किसकेका थिए भने, एकमात्र एक्टिभ केस थियो। पहिलो पटक सरकारले ७ दिनका लागि घोषणा गरेको लकडाउन थपिँदै गएर बुधबार तीन महिना पुगेको छ। अझ कति दिन लम्बिन्छ निश्चित छैन।

चैत ४ गते फ्रान्सबाट नेपाल आएकी एक युवतिमा कोरोना देखिएपछि सरकारले ५ गते शुरु हुने तय भएको एसईई परीक्षा स्थगित गरेको थियो, जुन अब नहुने निर्णय भइसकेको छ। चीनको हुवेइ प्रान्तको वुहानबाट फैलियो कोरोना भाइरस नेपालीले ३ महिनाको लकडाउन भोग्दा नेपालमा कोरोना संक्रमितको संख्या १० हजार नाघेको छ भने २४ जनाको मृत्यु भइसकेको छ। हाल रसुवाबाहेक नेपालका ७६ जिल्लाम कोरोना संक्रमित फेला परेका छन्।

लकडाउनले नेपालमा कोरोना भाइरसलाई फैलिनबाट नियन्त्रण गर्न नसके पनि आर्थिक क्षेत्रमा भने ठूलो धक्का दिएको छ। लकडाउनका कारण व्यापार व्यवसाय, निर्माण, यातायात ठप्प हुँदा दैनिक काम गरेर गाँसको जोहो गर्ने मजदुरले ज्यान गुमाउनु परेको छ। गएको जेठ १२ गते कीर्तिपुरको सडक पेटिमा मृत भेटिएका धादिङका सूर्यबहादुर तामाङ यसको उदाहरण हुन्। उनी खान नपाएर ज्यान गुमाउन बाध्य भए।

निजी क्षेत्रबाट कति रोजगारी गुम्यो भन्ने यकिन नभए पनि सञ्चार क्षेत्रमा गरिएको रोजगारी कटौतीले निजी क्षेत्रबाट ठूलो संख्यामा राोजगारी गुमेको संकेत गर्छ। ठूलो मिडिया हाउस भनिएका काान्तिपुर मिडया ग्रुप, अन्नपूर्ण, नयाँ पत्रिका र रिपब्लिक मिडयाले ठूलो संख्यामा पत्रकार तथा अन्य कर्मचारीलाई कामबाट विदा दिएका छन्। अन्य उद्योग प्रतिष्ठानले यसरी कामबाट निकालेको तथ्यांक सार्वजनिक नभए पनि उनीहरुले पनि कामदारलाई निकालेको विश्लेषण गरिएको छ।

त्यसो त प्रहरीले लकडाउनको अवधिमा करिब १३ सयजनाले आत्मत्या गरेको जनाएको छ। यसरी आत्महत्या गर्ने मध्ये केही लकडाउनका कारणउ उत्पन्न समस्यासँग जुध्न नसकेर पनि हुनसक्ने विज्ञहरु बताउँछन्। लकडाउनले पारेको अर्को ठूलो नकरात्मक प्रभाव मानिस स्वास्थ्यमा हो। काम र माम गुम्दा र घरबाट बाहिर निस्कन नपाउँदा यो समय मानसिक समस्या पनि पढेको आत्महत्याको बढ्दो ग्राफले संकेत गर्छ।

लकडाउनले आर्थिक क्षेत्र कसरी तहसनहस भएको छ भन्ने उदाहरण हो अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारसँग दैनिक खर्चका लागि रकम नभएको स्वीकार गर्नु। दैनिक चालु खर्चभन्दा राजस्व कम संकलन भएकाले दैनिक खर्च धान्न सरकारलाई समस्या भएको भन्दै उनले कर तिर्न अपीलसमेत गर्नुपरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *