राष्ट्रपतिद्वारा ३ वटा विधेयक प्रमाणीकरण
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले तीन वटा विधेयक प्रमाणीकरण गरेकी छन्। विहीबार भण्डारीले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई आएका विधेयक प्रमाणीकरण गरेकी हुन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दहालले विज्ञप्ति जारी गरी प्रमाणीकरण गरेकाे जानकारी दिएका छन् । उनले दिएकाे जानकारी अनुसार राष्ट्रपतिले खेलकुद विकास सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक शिक्षा सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक र रेडियोधर्मी पदार्थको उपयोग तथा नियमन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेकी हुन्।

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment